काठमाडौं । नेपाली कांग्रेसले संविधानको धारा ९ काे अनुसूचि ३ संशोधनमा राष्ट्रिय सहमति गर्न केन्द्रीय कमिति बैठक बोलाउने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा बोल्दै कांग्रेस सभापति शेरबहादुर देउवाले दलभित्रै राष्ट्रिय सहमति गर्न बैठकबाटै निर्णय गर्ने बताएका हुन् ।
सर्बदलीय बैठकमा राष्ट्रिय एकताको विषयमा नेपाली कांग्रेस सधैं उभिएको बताउँदै संविधान संशोधनमा राष्ट्रिय सहमति कामय गर्ने विषयमा प्रधानमन्त्री ओलीलाई ढुक्क हुन देउवाले आग्रह गरेका थिए ।