मंसिर ०७, २०८१, शुक्रबार
               

राष्ट्रिय सभा बैठकमा भारतसँग भएका असमान सन्धि खारेज गर्न माग

नेपाल फ्ल्यास
जेठ २०, २०७७

ADVERTISEMENT

काठमाडाै‌ं । राष्ट्रिय सभाको बैठकमा विगतमा भारतसँग भएका असमान सन्धि समझौता खारेज गर्नुपर्ने कुरा उठेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले मंगलबार राष्ट्रिय सभा बैठकमा यस्तो कुरा उठाएका छन् । 

‘विगतमा भएका सन्धि सम्झौतालाई पारस्परिक र समानतामा आधारित बनाउनुपर्छ,’ उनले भने ।

साथै, उनले सन् १९५० को सन्धिलाई पुनरावलोकन गर्न पनि जोड दिएका छन् ।

सन्धि–सम्झौताबारे सहमति जुटेको इपिजी प्रतिवदेन भारतले छिटोभन्दा छिटो बुझ्नुपर्ने पनि उनले बताए । 

यसका अलवा उनले हाल भारतसँग सीमा समस्या ऐतिहासिक तथ्य र प्रमाणको आधारमा समस्या समाधान गर्नमा उनले जोड दिए ।

कूटनीतिक संवादका निम्ति भारत छिटो तयार हुनुपर्नेमा जोड दिनुपर्पने कुरालाई जोड दिँदै उनले भारतलाई वार्तामा आउन आह्वान गरेका छन्ग ।

सीमा विवादलाई नेपाल भारत दुवै पक्ष  आक्रोशमा आउन नहुने बताउँदै उनले भारतीय सेना प्रमुखले नेपालबारे राखेको धारणा आपतिजनक भएको बताए  ।

यो पनि