मंसिर ०७, २०८१, शुक्रबार
               

सत्तारुढ दल नेकपा नेपाली कांग्रेस र मधेसकेन्द्रित दलप्रति असन्तुष्ट

नेपाल फ्ल्यास
जेठ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेकपा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र मधेसकेन्द्रित दलप्रति असन्तुष्ट भएको छ । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र मधेसकेन्द्रित दलले संविधान संशोधनसम्बन्धी छुट्टाछुट्टै गैरसरकारी विधेयक संसद सचिवालयमा दर्ता गराएपछि  असन्तुष्टि भएको हो । 

संसद सचिवालयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले एउटा र जसपाले अर्को गरी दुई संविधान संशोधन विधेयक प्रस्ताव दर्ता गरेका छन् । 

नेकपा नेतृत्वको सरकारले नयाँ नक्साअनुसार निशान छाप सच्याउन संविधान संशोधन विधेयक संसदमा पेस गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस मधेस केन्द्रित दलले फरकफरक संविधान संशोधन विधेयक दर्ता गराएका छन् । 

यसलाई सत्तारुढ नेकपाले ले राष्ट्रियताको विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र मधेसकेन्द्रित दलले धोका दिएको बताएको छ । 

सरकारले नक्सा सार्वजनिक गरी त्यसलाई कार्यान्वयनका लागि संविधान संशोधन दर्ता गराएपछि एकाएक दुवै दलले संविधान संशोधनसम्बन्धी गैरसरकारी विधेयक संसदमा दर्ता गरी राष्ट्रियताको विषयमा धोका दिएको बताएको छ । 

साथै, संविधान संशोधन गरी राष्ट्रियताको विषयमा एक हुने विषयबाट प्रमुख प्रतिपक्षीले हात छिकेको प्रति आश्चर्य लागेको सत्तारुढ दलका सुवास नेम्वाङले बताए । 

प्रमुख प्रतिपक्षी र मधेस केन्द्रित दलले प्राथमिकताका आधारमा संविधान संशोधनको प्रस्ताव ल्याएको भए राम्रो हुने बताएको छ । 

यो पनि