काठमाडाैं । प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएपछि प्रदेश २ को प्रदेश सभा बैठक स्थगित भएको छ ।
बुधबारदेखि प्रारम्भ भएको प्रदेश सभाको चौथो अधिवेशनको बैठक बस्नुअघि सबै सांसद, कर्मचारी र प्रहरीको स्वाब संकलन गर्दा गरी परीक्षण गर्दा सो संक्रमण देखिएपछि बैठक स्थगित भएकाे हो ।
मर्यादापालकमा कोरोना संक्रमण देखिएपछि बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेश सभा बैठक स्थगित भएको हो ।
प्रदेशसभाका सांसद, कर्मचारी र सुरक्षाकर्मीको काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा कोरोना संक्रमण देखिएको बताइएकाे छ ।
कोरोना संक्रमण पुष्टि हुनेहरुमा नेपाल प्रहरीका पाँच कर्मचारी रहेको बताइएको छ ।
संक्रमित पाँचै जनालाई आइसोलेसनमा राखिएको बताइएको छ ।