मंसिर ०७, २०८१, शुक्रबार
               

गगन थापाको आक्रोश : क्वारेन्टाइन हो कि मान्छे मार्ने कन्सनट्रेसन क्याम्प

नेपाल फ्ल्यास
जेठ २७, २०७७

ADVERTISEMENT

नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना महामारी रोकथामका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आक्रोश पोखेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद थापाले ‘सर्वज्ञानी मै हुँ’ भन्ने प्रधानमन्त्रीको अहंकार र सरकारको अकर्मण्यताका कारण कोरोना महामारीले विकराल रुप लिन थालेको टिप्पणी गरे ।

सांसद थापाले वर्तमान सरकारले अब मुलुकलाई कोरोनाको लडाईँबाट पार लगाउन नसक्ने निष्कर्ष कांग्रेसले निकालेको जानकारी गराए ।उनले अहिलेसम्म कोरोना नियन्त्रणमा सरकारलाई सहयोग गरिरहेकाे कांग्रेसले अब एक-एक प्रश्नको जवाफ माग्ने बताए ।

‘यो सरकारले कोरोनाको लडाईँबाट पार लगाउन सक्दैन। अब हामी प्रश्न गर्छाैँ, उत्तर माग्छौँ, सरकारलाई जवाफदेही बनाउँछौँ ’, नेता थापाले भने ।उनले पाँचवटा पीसीआर मेसिन र २५ हजार किट किनेर १० अर्बको हिसाब देखाउने सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए ।

‘पाँचवटा मेसिन किन्ने, अनि २५ हजार किट किनेर १० अर्बको हिसाब देखाउने, हामी एक एक हिसाब माग्छौँ’, आक्रोशित हुँदै गगनले भने ।उनले कोरोना रोकथामका लागि बनाइएका क्वारेन्टिन सेन्टरलाई मान्छे मार्ने क्याम्पको रुपमा चित्रण गरे ।

‘प्रधानमन्त्री आएर हामीलाई बताउनुहुन्छ १ लाख ६६ मानिसलाई क्वारेन्टिनमा राखेका छौँ, यो क्वारेन्टिन हो कि मान्छे मार्ने कन्सन्ट्रेसन क्याम्प हो हामीलाई यसको जवाफ चाहिन्छ ।’ उनले सुदूरपश्चिम लगायतका क्षेत्रमा स्वाब संकलन रोकिएकोप्रति पनि सरकारले जवाफ दिनुपर्ने बताए ।

उनले केही कर्मचारीको सरुवा गरेर स्वास्थ्य मन्त्रालय जिम्मेबारीबाट भागिरहेको आरोप लगाए।उनले आरडीटी परीक्षणमा खर्च देखाएर सरकारले अपराध गरिरहेको बताए। कोरोना रोकथामका लागि भन्दै गठन भएको उच्च्च स्तरीय समितिलाई संसदले नचिन्ने भन्दै त्यसका संयोजक उपप्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने उनले बताए ।

उपप्रधानमन्त्रीको जवाफ चित्त नबुझे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनले बताए। प्रधानमन्त्रीको गीत र कविताबाट जनताले राहत नपाउने उनकाे भनाइ छ।


कस्तो लाग्यो ?

यो पनि