काठमाडौं । अर्थ तथा सूचना सञ्चारमन्त्री युवराज खतिवडाले सरकारी तथा निजी कार्यालय अब बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म खुल्ने भएका छन् ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सबै सरकारी तथा गैरसरकारी संस्था, शिक्षण संस्था (पठनपाठन कार्य बाहेक), निजी तथा सार्वजनिक संस्था कार्यालय दुई सिफ्टा सञ्चालन हुने भएपछि बेलुकी ६ बजेसम्म सञ्चालन हुने भएपछि कार्यालय समय ८- ६ हुने भएको हो ।
उनले भने, ‘अब पहिलो सिफ्ट बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म चल्नेछ भने अर्को सिफ्ट दिउँसो १ बजेदेखि बेलुकी ६ बजेसम्म चल्नेछ ।’
उनले यसले आर्थिक वर्षको अन्त्यमा हुने कामको चापलाई व्यवस्थापन गर्न सहयोग पुग्ने बताए ।