मंसिर ०७, २०८१, शुक्रबार
               

संविधान संशोधनका लागि मतदान नगर्ने १२ सांसदहरू

नेपाल फ्ल्यास
जेठ ३१, २०७७

ADVERTISEMENT

काठमाडाैं ।  नेपालको संविधान (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट शनिवार सर्वसम्मत पारित हुँदा कूल २७५ सांसदमध्ये २५८ जना संसदमा उपस्थित थिए। र, विधेयकको पक्षमा २५८ मत नै परेको थियो।

प्रतिनिधि सभामा संविधान संसोधन विधेयकमाथिको मतदानका क्रममा १२ जना सांसद अनुपस्थित रहेका थिए । विधेयकमाथि मतदान नगर्ने सांसदमा अमृतादेवी अग्रहरी, गोपालबहादुर बम, दुलारीदेवी खत्वेनी, धनबहादुर बुढा, नागेन्द्रकुमार चौधरी, प्रमोद शाह, शिवकुमार मण्डल, सूर्यनारायण यादव, सूर्यबहादुर केसी, हरिबोल गजुरेल, सरिता गिरी र ज्ञानकुमारी छन्त्याल रहेका छन् । 

सांसद सरिता गिरीले संसद बैठक बहिस्कार गरेर निस्किएकी थिइन् भने अन्य सांसदहरू अनुपस्थित थिए । यसैगरी सांसदहरु हरिनारायण रौनियार, रेशम चौधरी , मोहम्मत अफ्ताब आलम जेलमा छन्, बिजय कुमार गच्छदार निलम्बित छन् ।


कस्तो लाग्यो ?

यो पनि