काठमाडाैं ।बिमा समितिले बीमकलाई लिखित रुपमा पूर्वसूचना दिन आग्रह गरेको छ ।
समितिले मोटर बिमाको हकमा यसअघि लागू भएको बन्दाबन्दीको अवधिलाई दृष्टिगत गर्दै पूर्वसूचना दिन आग्रह गरेको हो ।
समितिले निर्जीवन बिमा कम्पनीलाई आइतबार मोटर बिमाको दर निर्देशिकाकाबारे जानकारी दिँदै गत चैत ११ गतेदेखि लागू भएको लकडाउनको घोषणा गरिएको अवस्थालाई दृष्टिगत गरी गत जेठ ६ गते जारी भएको परिपत्रबमोजिम थन्किएको अवधिका बारेमा बिमकलाई पूर्वसूचना दिन भनेको हो ।
समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सोमबारदेखि लकडाउनको ढाँचा परिवर्तन हुने निर्णय भएकाले ‘मोटर बिमा दरसम्बन्धी र्देशिका, २०७३’ बमोजिम बिमकलाई पूर्वसूचना दिनुपर्ने व्यवस्था गरिएको हो ।
समितिले बिमकलार्ई लिखित रुपमा पूर्वसूचना दिई सोहीअनुसार गर्न/गराउनु हुन निर्देशन दिएको छ ।