प्रधानमन्त्री केपी शर्मा ओलीले अबको पुस्ताले लोकतन्त्र र स्वतन्त्रताका लागि कुनै पनि आन्दोलन गर्नु नपर्ने बताएका छन् ।
विद्यालय तहका बालबालिकाहरूको सिकाइ निरन्तरता लक्षित कार्यक्रम सुरु भएको घोषणाका सन्दर्भमामा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘जति लड्ने हो यो पुस्ता लड्छ, मुलुक बन्छ । अबका दिनमा हाम्रा सन्तानहरु यस मुलुकको भाग्यमानी पुस्ता बन्छन्’ अभिभावकहरुको भनाइ झुटो सावित नहुनेसमेत उनले बताए ।
देशमा फेरि अर्को आन्दोलन गर्नु नपर्ने कुरा बताउँदै उनले भने, ‘हाम्रो मुलुकमा अब फेरि अर्को आन्दोलन आवश्यक छैन ।’
त्यस्तै, ओलीले अप्ठ्यारोमा द्विविधा हुन्छ भन्दै त्यही दूर गर्न नेतृत्व चाहिएको पनि बताएका छन् । उनले थपे, ‘गफ हानेको’ होइन । मुलुक बन्छ । सुशासन, स्वच्छता कायम हुने भन्दै ढुक्क हुन सबैमा अपिल गर्दछु ।’