मंसिर ०७, २०८१, शुक्रबार
               

संसदमा सत्तारुढ सांसदले मागे मन्त्रीहरूको सामूहिक राजीनामा
मन्त्रीहरुले हाँसेरै टारे

नेपाल फ्ल्यास
असार ०२, २०७७

ADVERTISEMENT

राष्ट्रिय सभामा सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी नेकपाका सांसदले मन्त्रीहरूको सामूहिक राजीनामा मागेका छन् । अधिकांश मन्त्रीहरू उपस्थित मङ्गलबारको राष्ट्रिय सभा बैठकमा सांसद रामनारायण बिडारीले मन्त्रीहरूको सामूहिक राजीनामा माग गरेका हुन् । बजेट असारमा पारित भएपछि साउनबाट काम नगरेर चैत महिना लागेपछि अख्तियारी आएको भन्दै काम गर्ने प्रवृत्ति रोक्न नसके सामूहिक राजीनामा दिनुपर्ने उनले बताए ।

उनले साउनबाटै काम थाल्न कसले रोक्यो भन्दै प्रश्न पनि गरे । ‘साउनबाटै धमाधम काम गरे हुने नि । साउनबाटै काम गर्न मन्त्रीलाई कसले छेक्यो ? किन चैतमा मात्रै अख्तियारी आयो भनेर हल्ला गर्ने ?’ उनले भने । सरकारले यसमा सुधार गर्न नसके मन्त्रीहरूले सामूहिक राजीनामा दिए हुने उनले बताए ।

भाषणमै हँसाउने सांसदमा रूपमा परिचित विडारीले सबै मन्त्रीको राजीनामा माग्ने गरी सम्बोधन गर्दा उपस्थित सबै मन्त्रीहरू हाँसी रहे । विडारीको भाषणबाट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, कृषि मन्त्री घनश्याम भुसाल हाँस्दै थिए । सांसद विडारीले आफ्नो असक्षमताको चर्चा गर्दै राजीनामा कुरा उठाउँदा कुरा उठ्दा उता सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठी, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल हाँसिरहेका देखिन्थे । फरक किसिमका भाषण कला भएका विडारीले हाउभाउ सहित भाषण गर्दा उद्याोगमन्त्री भट्ट, पर्यटन मन्त्री भट्टराई र सामान्य प्रशासनमन्त्री त्रिपाठीले त विडारी भाषण अवधिभर हाँसो थाम्नै सकेनन् ।

मंगलबारको बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायत पनि सहभागी थिए । विडारी सम्बोधन गरिरहँदा प्रतिपक्षी काङ्ग्रेससहित सत्तारुढ नेकपाकै सांसदहरू पनि हाँसिरहेका थिए । 


कस्तो लाग्यो ?

यो पनि