काठमाडौं । नागरिकता विधेयकबारे फरक-फरक धारणा आएपछि सहमति जुटाउन संसदको राज्य व्यवस्था तथा सुशासन समितिलाई पाँच दिनको समय दिएको छ ।
समितिले मंगलबार नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने र त्यसअघि आर्थिक, सामाजिक र संस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी स्थायी आवासीय अनुमतिपत्र दिने प्रस्तावमा पेस गरेको छ ।
नागरिकता विधेयकमा राजनीतिक दलको धारणा
सो विषयमा नेकपाले समर्थन गरेको छ ।
तर, नेपाली कांग्रेस कांग्रेसले यसको विरोध गरेको छ ।
साथै, कांग्रेस पदाधिकारीहरुको बुधबार विहान बसेको बैठकले अहिले भएकै व्यवस्थाको पक्षमा उभिने निर्णय पनि गरेको छ ।
यसै सन्दर्भमा डा. प्रकाशशरण महतले संविधानमा नेपाली नागरिकसँग बिहे गरेर आएपछि उसले चाहेमा अंगीकृत नागरिकता लिन सक्ने व्यवस्थ भएको बताउँदै यति वर्ष भनेर शर्त नराखिएको बताएक छन् ।
साथै, उसले त्यहीअनुसार ऐन बनाउनुपर्नेमा जोड दिएको छ ।
त्यसैगरी राप्रपा अध्यक्ष कमल थापाले नागरिकताको विषयमा सरकारले अघि सारेको विषयलाई समर्थन गरेका छन् ।
नेपालको भूराजनीतिक अवस्था र सामाजिक/ सांस्कृतिक परिवेशलाई दृष्टिगतगर्दै नागरिकताको बिषयमा संवेदनशील हुनैपर्छ।वैवाहिक अंगीकृत नागरिकता सात वर्षपछि मात्र पाउने र त्यो अवधिसम्मका लागि आर्थिक,सामाजिक र साँस्कृतिक अधिकार प्रयोगगर्न पाउनेगरी नागरिकता सरहको अनुमतिपत्र दिनु उपयुक्त हुनेछ
— Kamal Thapa (@KTnepal) June 17, 2020
उनले बुधबार एक ट्विट गर्दै सो विषयमा समर्थन जनाएका हुन् ।