मंसिर ०७, २०८१, शुक्रबार
               

भूमि बैंक स्थापनाका लागि ५० करोड बजेट विनियोजन गरिएको छ : पद्मा अर्याल

नेपाल फ्ल्यास
असार ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भूमि बैंक स्थापना गर्ने बताएकी छन् । 

राष्ट्रिय सभाको बैठकमा बुधबार बोल्दै उनले संघ, प्रदेश र स्थानीय तहको सयुक्त लगानीमा तीन सय स्थानीय तहमा भूमि बैंकको स्थापना गर्ने तयारी भइरहेको पनि बताइन् । 

मन्त्रालयसँग सम्बन्धित बैठकमा विनियोजन विधेयक, २०७७ उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएकी हुन् । 

साथै, उनले बैंक स्थापनाका लागि सम्बन्धित स्थानीय तहले बाँजो जमिन पहिचानको काम गरिरहेको पनि बताइन् । 

भूमि बैंक स्थापनाका लागि केन्द्र सरकारले ५० प्रतिशत, प्रदेशले ३० र स्थानीय सरकारले २० प्रतिशत लगानी गर्नुपर्ने उनले बताइन् । 

साथै, उनले भूमि बैंक स्थापनाका लागि सरकारले सेयर लगानी गर्न सरकारले ५० करोड बजेट विनियोजन गरेको पनि उनले बताइन् । 


कस्तो लाग्यो ?

यो पनि