काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान संशोधन विधेयक प्रमाणीकरण गरेकी छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सो विधेयक प्रमाणीकरण गरेसँगै लिम्पियाधुरा, लिपुलेक, कालापानीको भूमिसहितको नक्साले वैधानिकता पाएको छ ।
प्रतिनिधिसभाले जेठ ३१ गते लिम्पियाधुरा, कालापानीसहितको भूमि नेपालको नक्सामा गाभ्ने भनी संविधान संशोधन विधेयक २०७७ पारित गरेको थियो ।
प्रतिनिधिसभाबाट आएको सो संविधान संशोधनको विधेयक बिहीबार राष्ट्रिय सभाले पनि परित गरेको छ ।
राष्ट्रिय सभाले पारित गरेकै दिन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान संशोधन विधेयक प्रमाणीकरण गरेकी हुन् ।