काठमाडाैं । प्रदेश २मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्णयको विरोध भएको छ ।
नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने निर्णय गरेपछि सोको विरोधमा प्रदेश २ मा नेकपाविरुद्ध विरोध भएको हो ।
शनिबार बसेको प्रदेशसभा बैठकमा जनता समाजवादीले नेकपाको यो निर्णय महिला र मधेशविरोधी भएको निष्कर्ष निकालेकाे छ ।
यसका अलवा जसपाले नेपाल र भारतको वैवाहिक र सांस्कृतिक सम्बन्धलाई उजाड्न खोजेको आरोप लगाएको छ ।
जसपाले नेकपाले महिला विरोधी र मधेशीलाई लक्षित गरेर निर्णय गरेको बताएको छ । ‘यो निर्णय सुधार गराउन प्रदेश सभाबाट प्रस्ताव पारित गराउनु जरुरी छ,’ जसपाले भनेको छ ।
भारतको बिहार र उत्तर प्रदेशबाट २६ लाख महिला विवाह गरेर आएको र यताका हजारौं हजार महिला भारततर्फ विवाह गरेर गएको बताउँदै जसपाले भारतलाई लक्षित गरेर यो कानुन बनाउन लागिएको बताएको छ ।
‘यो हाम्रो वैवाहिक र सांस्कृति सम्बन्धलाई उजाड्ने योजना मात्रै हो,’ जसपाले भन्यो, ‘सीता युगभन्दा पहिलादेखिको नेपाल भारतबीचको सम्बन्धलाई जोगाउनु जरुरी छ ।’
नेकपाको सो निर्णयकाे प्रमुख प्रतिपक्षी नेपाली कांग्रसले ( प्रदेश २ ) ले पनि नेकपाको विरोध गरेको छ ।
प्रदेश २ को प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले २०६३ को अन्तरिम संविधानकै आधारमा वैवाहिक अंगीकृत नागरिकता उपलब्ध गराउन माग गरेको छ ।
‘यो निर्णय रोकाउन यहाँबाट केके पहल थाल्नुपर्छ, थालिहालौँ,’ उसले भन्यो ।