मंसिर ०७, २०८१, शुक्रबार
               

जथाभावी सामाजिक सञ्जाल र एप्स प्रयोग नगर्न सरकारलाई समितिको निर्देशन

नेपाल फ्ल्यास
असार १२, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभाको विकास तथा प्रविधि समतिले जथाभावी एप्स र सामाजिक सञ्जाल प्रयोग नगर्न सरकारलाई निर्देशन दिएको छ ।

शुक्रबार साइबर अपराध र सुरक्षाबारे सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल प्रहरीको साइबर ब्युरो, राष्ट्रिय सूचना प्रविधि केन्द्रका पदाधिकारीसँग भएको छलफलका क्रममा समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो । 

समितिले नेपालमा अनाधिकृत रुपमा एप्स र सामाजिक सञ्जाल डाउनलोड र प्रयोगका कारण साइबर अपराध बढेको निष्कर्ष पनि निकालेको छ । 

तर, सो समितिले नियमनकारी निकायले पुष्टि गरेपछि मात्र त्यस्ता एप प्रयोग गर्न भनेको छ । 

केही दिनअघि जुम मिटिङमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मन्तव्य दिँदै गर्दा अश्लील भिडियो देखिएपछि समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो । 

साथै, सो समितिले सरकारी वेभसाइट र सूचना प्रविधि सेवाप्रदायक कम्पनीको अनिवार्य सेक्युरिटी अडिट गर्ने व्यवस्था मिलाउन पनि निर्देश दिएको छ ।

यो पनि