काठमाडाैं । कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले ४० वर्षसम्म कृषि क्षेत्रलाई बिगार्ने मात्र काम भएको बताउँदै तत्काल परिवर्तनको सम्भावना नभएको बताएका छन् ।
भुसालले ३०–४० वर्षदेखि कृषि क्षेत्रलाई ध्वस्त पार्ने मात्र काम भएको बताएका छन् ।
साथै, उनले कृषि विकासका लागि भाषण गर्ने, ठेक्कापट्टा गर्ने, विभिन्न प्रोजेक्ट ल्याएर बिगारिएको बताए ।
उनले भने, ‘हामीले त ३०–४० वर्ष भयो बर्बाद पार्न थालेको । हाम्रा साना दुःखले बर्बाद पारेको होइन । हामीले बहुत मिहिनेतले बर्बाद पारेका छौँ,’ उनले भने, ‘हाम्रो कृषि व्यवस्थालाई हामीले भाषण गरेका छौं, हामीले अनेक प्रयत्नहरु गरेका छौं, ठेक्कापट्टा गरेका छौं, प्रोजेक्टहरु गरेका छौं । के के गर्यौं गर्यौं । यो कृषि व्यवस्था बिगार्नका लागि ।’
यसका अलवा उनले यति लामो समय बिर्गेको कृषि क्षेत्र तीन वर्षमा सुधार्न गर्न नसकिने बताए ।
उनले भने, ‘कृषि प्रधान देशहावा, पानी, माटो आदिइत्यादि फेभर गरेको यस्तो मुलुकमा हामीले हरेक दिन किनेर खानुपर्ने, अन्न पनि किनेर खानुपर्ने, फलफूल किनेर खानुपर्ने, माछामासु किनेर खानुपर्ने, दूध किनेर खानुपर्ने यस्ता दिन आए हेर्दाहेर्दै ।’
यसका अलवा उनले केही दशक खेर गए पनि अब नयाँ व्यवस्थाअनुसार कृषि क्षेत्रको उत्पादनलाई अगाडि बढाउन प्रयत्न भइरहेको उनले बताए ।
मन्त्री हुनुभन्दा उनी निकै बहस गर्ने नेतामाध्येका नेता थिए । तर, उनी मन्त्री भएपछि उनका स्वरमा परिवर्तन हुँदै आएका छन् ।
शनिबार दिएको उनको यो अभिव्यक्ति मन्त्री भएपछिको परिवर्तित स्वरको प्रतिनिधि स्वर हो ।