मंसिर ०७, २०८१, शुक्रबार
               

प्रधानमन्त्री भन्छन् : मलाई गाईभैँसी चराउने गोठालो भएर हिँड्ने मान्छे भनी चित्रित गरिँदै छ

नेपाल फ्ल्यास
असार १४, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले जुत्ता लगाउँदा केहीलाई पीर परेको बताएका छन् । 

आइतबार मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो बताएका हुन् । 

उनले भने, ‘तपाईंहरुले देखिरहनुभएको छ, मैले खुट्टामा जुत्ता लगाएको छु। केहीलाई असाध्यै पीर परेको छ। सहिनसक्नु भएको छ ।’

उनले सो कार्यक्रममा आफूलाई गाईभैंसी चराउने गोठालो भएको, कहिलेकहिले चप्पल लगाउँथ्यो, कहिलेकहिले खाली खुट्टा कुद्थ्यो र यो गाईभैंसी चराएर खाली खुट्टा हिँड्नुपर्ने मान्छे हो भनेर चित्रित गर्ने गरिएको उल्लेख गरे । 

उनले भने, ‘केहीलाई यसले जुत्ता लगाएर प्रधानमन्त्रीको कुर्सीमा बस्न मिल्ने हो भन्ने पीर छ ।’यसका अलवा उनले आफू शासक नभएको बरु सेवक भएको बताएका छन् । 


कस्तो लाग्यो ?

यो पनि