काठमडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक्कासि चालू वर्षे अधिवेशन अन्त्य गरेसँगै नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले नेकपाको आन्तरिक खिचातानीले संसद विघटन हुनु दुःखद भएको बताएका हुन् ।
उनले भने, ‘जनतासँग जोडिएका विषय र त्यसैअन्तर्गत जरुरी सार्वजनिक महत्वका प्रस्ताव र ध्यानाकर्षण प्रस्ताव सदनमा दर्ता भइरहेको अवस्थामा संसद् अन्त्यको घोषणा खेदजनक छ ।’
यसका अलवा उनले सरकारले समेत विभिन्न विधेयक टेवल गरेर प्रक्रिया अघि बढाइएको अवस्था र जनसरोकारका विषय जनप्रतिनिधिले संसदमै उठाउँदा सरकारलाई दबाब पनि हुने अवस्थामा सदन अन्त्य गरिनु अस्वाभाविक भएको पनि बताए ।
मन्त्रिपरिषद्ले संसद अधिवेशन अन्त्य गरेकोमा सत्तारुढ दलकै शीर्षस्थ नेता असन्तुष्ट छन् ।
सत्तारुढ नेकपमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक्ल्याउने तयारी भइरहेका बेला ओलीले संसद विघटना गरेका हुन् ।
अघिल्लो बुधबारदेखि जारी नेकपा स्थायी कमिटी बैठकमा ओलीको आलोचना भइरहेका बेला मन्त्रिपरिषद् बैठकले बर्षे अधिवेशन अन्त्य भएको घोषणा गरेको हो ।
नेकपामा उनी शीर्षस्थ नेता उनीविरुद्ध एक ठाउँमा उभिएका छन् । बिहीबार बसेको बैठकले सो अधिवेशन बिहीबार ५ बजेदेखि लागू हुने गरी अन्त्य भएको घोषणा गरेका हुन् । मन्त्रिपरिषद्ले गरेको सो निर्णय राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेकी छन् ।