मंसिर ०७, २०८१, शुक्रबार
               

सूर्यविनायकमा प्रधानमन्त्री ओलीको पक्षमा प्रदर्शन

नेपाल फ्ल्यास
असार १९, २०७७

ADVERTISEMENT

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा स्थानीयले  सूर्यविनायकमा  शुक्रबार जनप्रदर्शन गरिएको छ । 

स्वतन्त्र नागरिकका नाममा भएको जनप्रदर्शनमा प्रधानमन्त्रीका पक्षमा नारा लगाइएको थियो ।

सामाजिक सञ्जालबाट आह्वान गरिएको प्रदर्शनमा भेला भएका सयौँ नागरिकले अहिलेको समय प्रधानमन्त्री फेर्ने समय नभएको जनाउँदै सरकार परिवर्तन गर्ने खेल बन्द गर्न चेतावनी दिएका थिए । 

नेकपाको स्थायी कमिटीको बैठकमा राजीनामा गराउन माग उठेसँगै प्रधानमन्त्री ओलीका समर्थनमा स्वतस्फूर्तरुपमा सडकमा आएका नागरिकले जनताको अभिमतको मान्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीको राजीनामा माग्न छाडेर कोरोनाविरुद्धको लडाइँमा सबै ऐक्यबद्ध हुनुपर्ने धारणा वक्ताले राखेका थिए । 

सूर्यविनायकमा शुरु भएको र्‍याली तथा प्रदर्शनमा विदेशी हस्तक्षेप बन्द गर, लिपुलेक, लिम्पियाधुरा, कालापानी हाम्रो हो, नागरिकता विधेयक पारित गर,राजनीतिक स्थिरता कायम गर जस्ता नारा लगाइएको थियो ।


कस्तो लाग्यो ?

यो पनि