मंसिर ०७, २०८१, शुक्रबार
               

संसद रत्यौली खेल्न चलाइरहने संस्था नभएकाले अन्त्य गरियो : मन्त्री अर्याल

नेपाल फ्ल्यास
असार २०, २०७७

ADVERTISEMENT

काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले संसद रत्यौली खेल्न चलाइरहने संस्था नभएको बताएकी छन् । 
सहकारी दिवसको अवसरमा भएको एक कार्यक्रममा मन्त्री अर्यालले शनिबार यस्तो बताएकी हुन् । 

साथै, उनले बिजनेश नभएकाले सरकारले संसद अधिवेशन अन्त्य गरेको पनि बताइन् । 

‘हामीले बजेट ल्याउनुपर्ने थियो, त्यसैले महामारीमा पनि अधिवेशन बोलायौँ । बजेट पास भयो,’ उनले भनिन्, ‘केही विधेयकहरु छलफल गर्नुपर्ने थिए, तर सहमति जुटेन बिजनेश थिएन त्यसैले सरकारले संसद अन्त्य गर्‍यो ।' 

साथै, उनले पछिल्ला राजनीतिक घटनाक्रमले विकास निर्माणका काममा अवरोध पुर्‍याएको पनि बताइन् । 

उनले भनिन्, ‘विकास निर्माणका क्षेत्रमा सरकारले गरेका कामको परिणाम देखिने समयमा ‘डिस्र्टब’ भयो ।’

यसका अलवा उनले अधिवेशन कहिले बोलाउने ? कहिले बन्द गर्ने भन्ने सरकारको विषय भएको पनि बताइन् ।

तर, सरकारले संसद अधिवेशन अन्त्य गरेको विषयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै शीर्षस्थ नेता तथा कार्यकर्ता प्रधानमन्त्रीसँग असन्तुष्ट छन् । 

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाँकी संसद अधिवेशन अन्त्य भएको घोषणा गरेका थिए । 

कार्यक्रममा मन्त्री अर्यालले संकटको समयमा सहकारीको पैसा चलायमान क्षेत्रमा लगानी गर्नुपर्ने बताकी छिन् । 

‘अहिले देश आर्थिक संकटमा रहेको अवस्थामा सहकारीहरुसँग रहेको ७ खर्ब रुपैयाँ परिचालन गर्नुपर्छ,' उनले भनिन् ।

साथै, उनले चलायमन क्षेत्रमा रकम लगानी गर्नसके सोचेअनुसारको नाफा आर्जन गर्न सकिने र संकटको विषम परिस्थितिमा रकम परिचालन गरी देशको अर्थतन्त्रलाई मजबुद बनाउन आग्रह गरिन् ।

यो पनि