काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन् ।
मन्त्रीहरुलाई भेट्नुअघि उनी राष्ट्रपति शीतलनिवास पुगेका हुन् ।
उच्च स्रोतका अनुसार साझ सात बजे मन्त्रीहरुलाई उनले बालुवाटार बोलाएका छन् ।
मन्त्रीहरुलाई बालुवाटार बोलाएर प्रधानमन्त्री शीतलनिवास जानुलाई निकै महत्वका साथ हेरिएको छ ।
मन्त्रीहरुलाई बालुवाटार मिटिङका लागि भन्दै बोलाइएको छ । तर, सो मिटिङ मन्त्रिपरिषद् वा अरु मिटिङ भनेर स्पष्ट नखुलाइएको बताइएको छ ।
तर, प्रधानमन्त्रीको निजी सचिवालयले यो नियमित भेटघाट भएको जनाएको छ ।
उनी पछिल्लो समय पार्टीभित्र विवादित हुँदै आएका छन् ।
यसअघि बिहीबार संसद् अधिवेशन अन्त्य हुनुभन्दा अघि प्रधानमन्त्री शीतल निवास पुगेका थिए ।