मंसिर ०७, २०८१, शुक्रबार
               

प्रधानमन्त्री शीतल निवासबाट फर्किए बालुवाटार

नेपाल फ्ल्यास
असार २०, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार फर्किएका छन् । 

मन्त्री तथा राज्यमन्त्रीलाई बालुवाटार बोलाएर राष्ट्रपति निवास पुगेका प्रधानमन्त्री राष्ट्रपति विद्या भण्डारीसँग करिब सवा घन्टा कुराकानी गरेर उनी केही बेरअघि बालुवाटार फर्किएका हुन् । 

उनी मन्त्रीलाई बालुवाटार बोलाएर त्यसभन्दा अघि शीतल निवास पुगेका थिए ।

तर, राष्ट्रपति र प्रधानमन्त्रीबीचमा के कुरा भयो भनेर खुलाइएको छैन । 

यो बीचमा प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्री तथा राज्यमन्त्री पुगिसकेका छन् । 

यसअघि असार १८ गते पनि प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेग्लाबेग्लै राष्ट्रपतिलाई भेटेका थिए।

भेटमा अध्यक्ष दाहालले राष्ट्रपतिलाई सबै विधेयक हतारमा स्वीकृत नगर्न अनुरोध गरेका थिए । 

पार्टीभित्रबाटै अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्न प्रधानमन्त्रीमाथि दबाब छ।

यो पनि