काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केन्द्रीय कमिटी बैठक बोलाउन हस्ताक्षर सुरु भएको छ ।
शक्ति र सत्ताका नेकपामा आन्तरिक संघर्षका कारण नेकपा स्थायी कमिटीको टुंगिनसकेकै अवस्थामा सो बैठक बोलाउन हस्ताक्षर सुरु भएको हो ।
विवाद बढ्दै गएपछि स्थायी कमिटी स्थगित गरेर नेताहरू छलफलमा जुटेका छन् । तर आइतबार अपराह्नसम्म कुनै सहमति जुट्न सकेको छैन ।
बरु प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग जोडिएर नेकपाको एकताविरुद्ध हुने गरी केही खबरहरु बाहिरहेका छन् ।
पार्टी विभाजनको खतरा बढ्दै गएपछि केन्द्रीय सदस्यहरूले हस्ताक्षर संकलन अभियान चलाएका छन् ।
पार्टी विभाजन कुनै पनि मूल्यमा केन्द्रीय कमिटीलाई स्वीकार्य नहुने भएकाले एकता कायम राख्न पनि हस्ताक्षर अभियान चलाइएको हस्ताक्षरकर्ताले बताएका छन् ।