काठमाडौं । आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच वालुवाटारमा भेटघाट भएकाे छ ।
सत्तारुढ दलबाटै राजिनामाको दबाब बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानसेनापति पूर्ण चन्द्र थापालाई भेटेका हुन्।
फुटको संघारमा पुगेको सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षको निर्णायक भनिएको वार्ता सकिएपछि प्रधानमन्त्री ओलीले शीतल निवास र वालुवाटार दौडधुप गरेका थिए ।
प्रभानमन्त्री र प्रधानसेनापति बीचकाे भेटवार्तालाई महत्त्वका साथ हेरिएकाे छ ।