काठमाडौं । राप्रपा अध्यक्ष एवं पूर्वपरराष्ट्रमन्त्री कमल थापाले भारतीय मिडियामा नेपालबारे आइरहेका सामग्रीले नेपाल-भारत सम्बन्धलाई असर पुर्याउने जनाएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै थापाले भारतीय मिडियामा नेपालका प्रधानमन्त्रीबारे गरिएको कटाक्ष र आक्षेपप्रति आपत्ति जनाएका हुन् ।
विगतमा ओलीकै नेतृत्वको सरकारमा उपप्रधानमन्त्री रहेका थापाले अहिलेको सरकारसँग आफ्नो धेरै असहमति रहेको पनि उल्लेख गरेका छन् । उनले परराष्ट्र मामिलाका कतिपय सन्दर्भमा पनि ओलीसँग आफ्नो असहमति रहे पनि त्यस्ता सामग्रीप्रति आपत्ति जनाएका छन् ।
We have serious differences with PM @kpsharmaoli on many issues, including his conduct of international relations.
— Kamal Thapa (@KTnepal) July 9, 2020
But deliberate/sustained campaign of mudslinging against PM Oli by some Indian media cannot be acceptable.That doesn't do Nepal-India relations any good. pic.twitter.com/bdJMN80y5Y
थापाले आज बिहीबार नै अर्को ट्वीट गरी सिन्धुपाल्चोकमा गएको पहिरो पीडितलाई उद्धार तथा राहतका लागि सरकारसँग माग गरेका छन् । उनले उद्धारमा जुटन राप्रपाका कार्यकर्ताहरूलाई निर्देशनसमेत दिएका छन् ।
बाढी पैह्रोले सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा ठूलो जनधनको क्षति पुराएको छ।त्यस क्षेत्रमा तत्काल उद्धार र राहतको व्यवस्था गर्न सरकारसंग आग्रह गर्दछु।साथै, पिडित जनताको सेवामा जुटन राप्रपाका कार्यकर्ताहरुलाई अनुरोध गर्दछु।
— Kamal Thapa (@KTnepal) July 9, 2020