मंसिर ०७, २०८१, शुक्रबार
               

भारतले नेपाललाई कूटनीतिक नोट पठाएको खुलासा

नेपाल फ्ल्यास
असार २५, २०७७

ADVERTISEMENT

काठमाडाैं । नेपालले जारी गरेको नयाँ नक्सासम्बन्धी असन्तुष्टि  जनाउँदै भारतले  नेपाललाई कूटनीतिक नोट पठाएको खुलेको छ । 

बिहीबार राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा सभापति रामनारायण विडारीले भारतको कूटनीतिक नोट आएको बताएसँगै सो कुरा खुलेको हो । 

उनले भने, ‘नेपालको दाबीलाई अस्वीकार गर्दै भारत सरकारले असार १० गते कूटनीतिक नोट पठाएको रहेछ ।’

तर,  भारतले कूटनीतिक नोट पठाएको विषयमा परराष्ट्र मन्त्रालयले औपचारिक रुपमा बोलेको छैन ।

तर, नेपालले जारी गरेको नयाँ नक्सालाई लिएर भारतको विदेश मन्त्रालयका अधिकारीले सार्वजनिक रुपमा नेपालले जारी गरेको नयाँ नक्सालाई अस्विकार गर्ने बताउँदै आएका छन् । 

सन् १८१६ मा सुगाैलीसन्धिमा कालापानी लिम्पियाधुरासिहत हाल विवादित क्षेत्र नेपालको भनी उल्लेख गरिएको थियाे । तर, सो क्षेत्रलाई अहिले नेपाल र भारत दुवै क्षेत्रले आफ्नाे भनी दाबी गर्दै आएका छन् । 

भारतले सन् २०१९ नाेभेम्बर १९ मा जारी गरेको नक्सामा सो क्षेत्रलाई नसमेटी नक्सा प्रकाशन गरेको थियो, तर पछि पुन: सो नक्सालाई सच्याउँदै नेपालको कालापानीसहितको भूमि आफ्नो भनी दाबी गरेको छ । 

यो बीचमा नेपालले भारतसँग पटकपटक कूटनीतिक नोट पठाउनुका साथै वार्ताको प्रस्ताव  गरेको छ । तर, भारतले नेपालको सो प्रस्तावलाई बेवास्था गर्दै आएको छ  ।

बरु भारतले उल्टै नेपाली भूभाग अतिक्रमण गरेर बनाएको मानसरोबर जाने सडक उद्घाटन गरेको छ । 

यो पनि