विराटनगर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता गुरु बरालमाथि हातपात भएको छ । मदन भण्डारी स्मृति प्रतिष्ठानका अध्यक्षसमेत रहेका उनीमाथि प्रतिष्ठानमै हातपात भएको हो ।
उर्लाबारी नगरपालिका–३ मंगलबारेमा केन्द्रीय कार्यालय रहेको प्रतिष्ठानका लेखा तथा प्रशासन प्रमुख मुक्तिनाथ दाहालको शव सोमबार झापाको दमकस्थित बहुप्राविधिक शिक्षालयमा झुन्डिएको अवस्थामा भेटिएपछि उनका आफन्त र छिमेकीले मुक्तिनाथलाई आत्महत्या गर्न बाध्य बनाएको दाबी गर्दै आएका, तर बरालले संरक्षण गर्न खोजेको भन्दै उनीमाथि हातपात भएको बताइएको छ ।
सो प्रतिष्ठानका एक सदस्यले दाहाललाई खाली चेकमा हस्ताक्षर गर्न लगाएर आत्महत्या गर्न बाध्य बनाएको बताए । सो स्रोतका अनुसार प्रमुख कार्यकारी अधिकृतले कर्मचारीलाई गर्ने व्यवहार राम्रो नभएको बताउँदा गुरु बरालले सधैँ संरक्षण गर्दै आएका थिए ।