राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रियता र प्रजातन्त्रलाई बलियो बनाउन बृहत् प्रजातान्त्रिक मोर्चा निर्माणका लागि आह्वान गरेका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत् राप्रपा अध्यक्ष थापाले यस्तो आह्वान गरेका हुन् ।
‘देशमा भइरहेको ब्रह्मलुट, सर्वसत्तावाद, धर्म परिवर्तन, विदेशी चलखेल पराजित गर्न तथा राष्ट्रियता र प्रजातन्त्र बलियो बनाउन मोर्चा निर्माण गर्दछु,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘ब्रम्हलुट, सर्वसत्तावाद, धर्मपरिवर्तन, बिदेशी चलखेललाई पराजित गर्न तथा राष्ट्रियता र प्रजातन्त्रलाई बलियो बनाउँदै सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न सम्पूर्ण देशभक्तर प्रजातन्त्रवादीहरूले संयुक्त मोर्चा बनाएर जानुको विकल्प छैन ।’
ब्रम्हलुट,सर्वसत्तावाद, धर्मपरिवर्तन,बिदेशी चलखेललाई पराजित गर्न तथा राष्ट्रियता र प्रजातन्त्रलाई बलियो बनाउंदै सुशासन/समृद्धिको लक्ष्य हासिल गर्न सम्पूर्ण देशभक्त/प्रजातन्त्रवादीहरूले संयुक्त मोर्चा बनाएर जानुको विकल्प छैन।वृहत्तर प्रजातान्त्रिक मोर्चा निर्माणकोलागि आह्वान गर्दछु
— Kamal Thapa (@KTnepal) October 13, 2020