काठमाडौं । वर्तमान सरकारविरुद्ध सडकमा प्रदर्शन गरेको नेपाली कांग्रेसलाई पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले बधाई दिएका छन् ।
उनले भेनका छन् -‘ओली सरकारको निरंकुशता र कुशासनविरुद्ध सडकमा उत्रेको कांग्रेसलाई बधाई ! भनिन्छ लोकतन्त्रमा राजनीतिका तीन प्रमुख कार्यक्षेत्रमध्ये सरकारमा सत्तापक्षको र सदन तथा सडकमा विपक्षको अधिकार/कर्तव्य हुन्छ ।'
पूर्वप्रधानमन्त्री भट्टराईले ट्वीटरमा थपेका छन्- 'अब सदन बोलाउन पहल गरौं।जसपा पनि छिटै पार्टी एकता समायोजनको काम सकेर सडक/सदनमा गर्जन्छ !’
ओली सरकारको निरंकुशता/कुशासन विरूद्ध सडकमा उत्रेको कांग्रेसलाई बधाइ! भनिन्छ लोकतन्त्रमा राजनीतिका तीन प्रमुख कार्यक्षेत्रमध्ये सरकारमा सत्तापक्षको र सदन तथा सडकमा विपक्षको अधिकार/कर्तव्य हुन्छ। अब सदन बोलाउन पहल गरौं।जसपा पनि छिटै पार्टी एकता समायोजनको काम सकेर सडक+सदनमा गर्जन्छ!
— Baburam Bhattarai (@brb1954) December 14, 2020