काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एमाले) माधव नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् ।
सर्वोच्च अदालतको फैसलासँगै विकसित फरक राजनीति र आगामी रणनीति तय गर्नका लागि सो समूह छलफलमा जुटेको हो ।
छलफलमा माधवकुमार नेपाल, झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य, भिम आचार्य, योगेश भट्टराई, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायत सो समूहका केन्द्रीय कमिटी सदस्यहरुको सहभागिता छ । यो भेलालाई निकै महत्वका साथ हेरिएको छ ।