मंसिर ०७, २०८१, शुक्रबार
               

शान्ति र स्थिरताका निम्ति लडिरहेको छु : मन्त्री रायमाझी

नेपाल फ्ल्यास
चैत ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले शान्ति र स्थिरताको निम्ति आफू लडिरहेको बताएका छन् ।

अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिको विस्तारित बैठकमा आफ्ना धारणा राख्ने क्रममा मुलुकमा शान्ति र स्थिरता स्थापनार्थ सही नेतृत्वको आवश्यकताको लागि लडिरहेको बताउँदै मन्त्री रायमाझीले सो बताएका हुन् । 

आर्थिक समृद्धिमा टेवा पुर्याउन, राष्ट्रियता र राष्ट्रिय अखण्डताको पक्षमा निर्भीक रुपमा उभिन सक्ने नेतृत्व देशलाई चाहिएको बताउँदै उनले सो क्रममा राजनीतिक बहस केन्द्रित भइरहेको बताए ।

हिजो हामीहरू राजनीतिक व्यवस्था उल्ट्याउनका लागि लड्यौ भने आज शान्ति र स्थिरताको लागि सही राजनीतिक नेतृत्वको पनि आवश्यकता छ भनेर हामी लडिरहेका छौँ,’ सो क्रममा उनले भने, ‘हिजोको जस्तो हतियार उठाएर होइन वैचारिक लडाइँ अहिले चलिरहेको छ । तर यो लडाइँ नलड्नुपर्ने हो यतिबेला । तर, पनि हिजोको लडाइँको क्षेत्रबाट आएका अवशेषहरू, ती धङधङीहरु अहिले पनि देखा पर्छन् । केही समय रहन्छन् अझै ।’


कस्तो लाग्यो ?

यो पनि