काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ ।
मंगलबार पार्टी कार्यालय कोटेश्वर पोरिसडाँडामा बसेको सो दलको स्थायी कमिटी बैठक केहीबेर अघि मात्रै सकिएको हो ।
तर, बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्नेबारे निर्णय गर्न सकेन । नेता देवेन्द्र पौडेलका अनुसार बैठक भोलि पनि बस्नेछ ।
सरकारको विरोध गरे पनि नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार बन्ने सम्मभावना पनि छैन ।
सोमबार मात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नभएसम्म नयाँ सरकारको सम्भावना नरहेको बताएका छन् ।
त्यसैगरी, नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीलाई पटक-पटक सरकारलाई दिएको समर्थन फिर्ता गर्न लैजान चेतावनी दिँदै आएका छन् ।