नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा बोलेको कुराप्रति सत्तारूढदल जनता समाज पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले कटाक्ष गरेका छन्।
प्रतिनिधिसभा पुनर्स्थापनापछि पहिलोपटक सभालाई सम्बोधन गरेका ओलीले गठबन्धन बन्नु कुनै संबैधानिक बाटोबाट नभई स्वार्थीहरूकाे झुण्ड भन्दै अभिव्यक्ति दिएका थिए।
भट्टराईले भने, ' ‘सबको औषधि दैवले रचिदियो बिर्सेछ कि मूर्खको ! भर्खरै आफ्नो कूकर्मले सत्ताच्यूत भएका ओलीको संसदमा कुरा सुन्दा र हाउभाउ हेर्दा स्कुलमा पढेको कवितांशको याद आयो। पटकपटक संविधानको उल्लंघन, संसदको हत्या, अध्यादेशको राज, भ्रष्टाचारको पहाडबारे न कुनै क्षमायाचना! उल्टै जो चोर उसको ठूलो स्वर!’
“सबको औषधी दैवले रचिदियो बिर्सेछ कि मूर्खको”!
— Baburam Bhattarai (@brb1954) August 10, 2021
भर्खरै आफ्नै कुकर्मले सत्ताच्यूत भएका ओलीको संसदमा कुरा सुन्दा र हाउभाउ हेर्दा स्कूलमा पढेको कवितांशको याद आयो! पटकपटक संविधानको उल्लंघन,संसदको हत्या,अध्यादेशको राज,भ्रष्टाचारको पहाड बारे न कुनै क्षमायाचना!उल्टै जो चोर उसको ठुलो स्वर!