काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नागरिक समाजप्रति टिप्पणी गरेका छन् ।
बिहीबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै अध्यक्ष थापाले नागरिक समाजको मान्यताप्रति टिप्पणी गरेका हुन् ।
नागरिक समाजको मान्यता गलत भएको थाापको तर्क छ ।
थापाले लेखेका छन्, 'हामीले मान्छे मारेको लोकतन्त्र ल्याउन, हाम्रो अध्यादेश लोकतन्त्र बलियो बनाउन, एमाले र जसपा फुटाएको संविधान जोगाउन ।'
उनले अघि लेखेका छन्, 'हाम्रा विरोधी प्रतिगामी र दलाल हुन्, लडाकु भत्ता भ्रष्टाचारको हिसाब माग्ने शान्ति सम्झौता विरोधी हुन् । यस्ता मान्यता राख्नेलाई महान ठान्ने हाम्रो नागरिक समाज ! विडम्वना !'
“हामीले मान्छे मारेको लोकतन्त्र ल्याउन,हाम्रो अध्यादेश लोकतन्त्र बलियो बनाउन,एमाले र जसपा फुटाएको संविधान जोगाउन।हाम्रा विरोधी प्रतिगामी र दलाल हुन्,लडाकु भत्ता भ्रष्टाचारको हिसाब माग्ने शान्ति सम्झौता विरोधी हुन्”
— Kamal Thapa (@KTnepal) August 19, 2021
यस्ता मान्यता राख्नेलाई महान ठान्ने हाम्रो नागरिक समाज!
विडम्वना!