काठमाडौं । राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीद्वारा गठित स्थानीय तह निर्वाचन परचालन समितिको संयोजकको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उनले सो घोषणा गरेका हुन् । आफूले जिम्मेवारी त्याग्नुको कारणभने उनले खुलाएका छैनन् ।
थापाले अध्यक्षद्वय पशुपति शम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीमध्ये एकलाई सो जिम्मेवारी लिन वा अन्य वरिष्ठ नेतालाई संयोजक बनाउन आग्रह समेत गरेका छन् ।
राप्रपाले अध्यक्ष थापाको नेतृत्वमा गत साउन ८ गते मात्रै स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरेको थियो ।
गठन भएको एक महिना नपुग्दै थापाले जिम्मेवारी त्यागेका हुन् ।
राप्रपाको ‘स्थानीय तह निर्वाचन परिचालन समिति’को संयोजकको जिम्मेवारीबाट अलग हुने निर्णय गरेको छु।
— Kamal Thapa (@KTnepal) August 21, 2021
अध्यक्षद्वय पशुपति शमसेर राणा र डा.प्रकाशचन्द्र लोहनी मध्य एकले सो जिम्मेवारी लिन वा पार्टीका अन्य कुनै बरिष्ठ नेतालाई संयोजक बनाउन आग्रह गरेको छु pic.twitter.com/qegkbz6tzA