वाग्मती प्रदेशसभा सदस्य मीना ज्ञवालीले नेकपा एमाले विभाजन भएपछि नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेकी छन् । नेता ज्ञवालीले हेटौंडास्थित बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर शुक्रबार नवगठित नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेकी हुन् ।
शारीरिक अस्वस्थताका कारण आराम गरिहेकी उनी नेकपा समाजवादीमा पक्षमा केही ढिला गरी मात्र खुलेकी हुन् । यसअघि एमाले छाडेर १२ जना प्रदेशसभा सदस्यहरुले नेकपा समाजवादी रोजेका थिए ।
बागमती प्रदेशमा एमालेको ५६ जना सांसदसहित एकल बहुमत रहेको भए पनि पार्टी औपचारिक रुपमा विभाजनसँगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ । प्रदेशसभामा १०९ जना सांसद रहेकोमा सरकार गठनका लागि ५५ सिट आवश्यक पर्छ ।