मंसिर ०७, २०८१, शुक्रबार
               

प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिलाई दल रोज्ने समय आज सकिँदै

नेपाल फ्ल्यास
भदौ २२, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिहरूलाई निर्वाचन आयोगले दल रोज्न दिएको समय सीमा आज मंगलबार अपराह्न ५ बजे सकिँदैछ । गठबन्धन शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी दोस्रो संशोधित अध्यादेशअनुसार एमाले र जसपा छाड्ने प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई आयोगले दल रोज्न २१ दिनको दिएको थियो ।

गत भदौ २ गतेबाट लागु हुने गरी दिएको उक्त समय सीमा आज भदौ २२ मा सकिन लागेको हो । गत भदौ २ गते एमालेबाट नेकपा एकीकृत समाजवादी र जसपाबाट अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको थियो ।

दुवै दलको निवेदनअनुसार ९ भदौमा आयोगले दलको मान्यता दिँदै प्रमाणपत्र दिएको थियो । आयोगले दिएको समय सीमाभित्र दल रोज्ने जनप्रतिनिधिको पद कायम रहनेछ ।

नयाँ दल रोज्नलाई आयोगले जिल्ला र प्रदेश निर्वाचन कार्यालयमा पुगेर सनाखत गर्न निर्धारण गरेको समय सीमा अनुसार आज बेलुका सम्म नै सनाखत गर्ने क्रम चल्ने दुवै दलका नेताहरूले बताएका छन् ।

हालसम्म एमाले छोडेर एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने ३० सङ्घीय सांसदसहित ५१ प्रदेश सांसद खुलिसकेका छन् भने स्थानीय तहका जनप्रतिनिधि कति भए भन्ने बेलुका ५ बजेपछि मात्रै थाहा हुने सो पार्टीका नेता गङ्गालाल तुलाधरले जानकारी दिए । ‘५ बजेसम्म त समय नै छ, त्यसपछि अपडेट गरेर ठ्याक्कै सङ्ख्या भनौँला,’ तुलाधरको भनाइ छ ।   


कस्तो लाग्यो ?

यो पनि