काठमाडौँ - नेकपा एमालेले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मुलुकको हितमा नरहेको निष्कर्ष निकालेको छ ।
बुधबार बिहान बसेको संसदीय दलको बैठकले एमसीसी मुलुकको हितमा नरहेको निष्कर्ष निकालेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
उनकाअनुसार नयाँ वानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकले सभामुखको भूमिका एमालेविरोधी र माओवादी पार्टी कार्यकर्ता जस्तो भएको निष्कर्ष निकालेको उनले बताए ।
निर्वाचन आयोग एमाले टुक्र्याउन उद्धत रहेको, जयसिंह धामीको घटनामा सरकारी ब्यवहार भारतीयसामू लम्पसारवादी देखिएको जस्ता विषयमा एमाले मूकदर्शक बस्न नसक्ने उनले बताए ।