मंसिर ०७, २०८१, शुक्रबार
               

विश्वासको मत पाउँछु : मुख्यमन्त्री शाक्य

नेपाल फ्ल्यास
असोज ०२, २०७८

ADVERTISEMENT

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेकपा (एकीकृत समाजवादी)को सहयोगमा आफूले विश्वासको मत प्राप्त गर्ने बताएकी छन् । महोत्तरीको बर्दिबासमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकै सहयोगमा मुख्यमन्त्री बनेको जिकिर गरिन् । 

बागमती प्रदेशमा आफ्नो सरकार अल्पमतमै रहे पनि एकीकृत समाजवादीका प्रदेशसभा सदस्यहरूको सहयोगमा केही दिनमै विश्वासको मत पाउनेमा ढुक्क रहेको मुख्यमन्त्री शाक्यले बताइन् । एकीकृत समाजवादीका कारण आफ्नो सरकार अल्पमतमा परेको र पुनः त्यही पार्टीको सहयोग र समर्थनमा आफूले बहुमत सिद्ध गर्ने उनको भनाइ थियो ।

नेता नेपालको नेकपा (एमाले)लाई मजबुत बनाउनमा महत्वपूर्ण योगदान दिएको र उनले छुट्टै पार्टी स्थापना गरेपछि एमाले कमजोर भएको मुख्यमन्त्री शाक्यले बताइन् । उनले पुनः नेता नेपाललाई एमालेमै फर्किन आग्रह गर्दै आएको बताइन् । एमालेलाई देशको ठूलो पार्टी बनाउन सबैले आ–आफ्नो अडान छाड्नुपर्नेमा शाक्यले जोड दिइन् । 

यो पनि