नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि गठन गरिएको कार्यदलबाट राजीनामा दिएका छन्। एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी गरेकाे भन्दै रावलले राजीनामा दिएकाे बताएका छन् ।
शुक्रबारको स्थायी कमिटी बैठकमै राजीनामा घोषणा गरेका रावलले बैठकपछि पत्रकारहरूलाई आफूले राजीनामा दिएको पुष्टि गरे।एमालेमा १० बुँदे सहमति कार्यान्वयनका लागि रावल संयोजक रहेको कार्यदल बनेको थियो।