मंसिर ०७, २०८१, शुक्रबार
               

शुक्रबार सम्पूर्ण बेन्च बहिष्कार गर्ने कानुन व्यवसायीको घोषणा

नेपाल फ्ल्यास
कात्तिक २५, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले भोलि शुक्रबार सबै बेन्च बहिस्कार गर्ने घोषणा गरेको छ ।

कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेकोलगायतका आरोप लगाएर सर्वोच्च अदालतकै १९ जना न्यायाधीश र बार आन्दोलनमा छ । सोही क्रममा बिहीबार सर्वोच्च अदालतमा धर्ना दिएका कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी भएको छ ।

घम्साघम्सीका क्रममा पाँच जना कानून व्यवसायी घाइते भएका छन् । प्रहरी दमनको विरोधमा भोलि शुक्रबार सम्पूर्ण इजलास बहिष्कार गर्ने बारका महासचिव लिलामणि पौडेल जानकारी दिए ।

शुक्रबार सर्वोच्चको सबै इजलासको बहस पैरवी बहिस्कार गर्ने अध्यक्ष चण्डेश्वर श्रेष्ठले पनि धर्नास्थलबाट जानकारी गराए ।


कस्तो लाग्यो ?

यो पनि