मंसिर ०७, २०८१, शुक्रबार
               

मुख्यमन्त्री र मन्त्रीहरुलाई माधवले भने, विवादास्पद काम गरेको सुन्नु नपरोस्

नेपाल फ्ल्यास
कात्तिक २७, २०७८

ADVERTISEMENT

काठमाडौं  । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका तर्फबाट सरकारमा गएका मुख्यमन्त्री र मन्त्रीहरुलाई नैतिकता र आचरणमा रहेर जनताको सेवामा समर्पित हुन निर्देशन दिएका छन् । 

शनिबारबाट ललितपुरको हेरिटेज गार्डेनमा सुरु भएको पार्टीको दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीका मुख्यमन्त्री र मन्त्रीहरुलाई यस्तो निर्देशन दिएका हुन् । त्यसक्रममा अध्यक्ष नेपालले टोल र वडासम्म पार्टी संगठन विस्तार गर्न निर्देशन दिँदै सोही अनुसार मूल्याङ्कन गरिने समेत बताए ।

उनले आगामी चैत महिनामा हुने स्थानीय तहको निर्वाचनमा सबै तहमा उम्मेदवारी दिने भन्दै त्यसको तयारी गर्न समेत नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । 

बैठकमा सो पार्टीका केन्द्रीय सदस्यहरुले शपथ लिएका छन् । केन्द्रीय सदस्यहरुलाई अध्यक्ष माधवकुमार नेपालले शपथ गराएका हुन् । एकीकृत समाजवादीले ३३५ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएपछि शनिबार पहिलो बैठक बसेको हो । सपथ ग्रहणपछि अध्यक्ष माधवकुमार नेपालले पार्टीका नेता,मन्त्री, मुख्यमन्त्री र कार्यकर्ताहरूले पालना गर्नुपर्ने आचरणका बारेमा निर्देशन दिएका हुन् ।


कस्तो लाग्यो ?

यो पनि