मंसिर ०७, २०८१, शुक्रबार
               

शंकास्पद सप्तरीका २ जनाको कोरोना रिपोर्ट नेगेटिभ

नेपाल फ्ल्यास
बैशाख ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । र्‍यापिड डायग्नोस्टिक टेस्टमा शंकास्दप रिपोर्ट आएका सप्तरीका २ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

मंगलबार गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको आरडीटी परीक्षणमा २ जनाको रिपोर्ट पोजिटिभ आएपछि स्वाब संकलन गरी थप परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । धरानमा भएको पीसीआर परीक्षणमा सबैको रिर्पोट नेगेटिभ आएको हाे ।

२ हप्ताअघि भारतको दिल्लीस्थित निजामुद्दिनमा भएको तबलिकी जमातमा सहभागि भई नेपाल आएर आफ्नै घरमा बसिरहेका ७ जनाकाे खोजी गरी मंगलबार आरडिटी परीक्षण गरिएकामध्ये दुई जनाकाे परीक्षण शंकास्पद आएकाे थियो । 

उनहरूकाे पीसीआर रिपोर्टे नेगेटिभ आए पनि सबैलाई आइसलोसनमा राखिएको छ ।


कस्तो लाग्यो ?

यो पनि