काठमाडौं । र्यापिड टेस्ट गर्दा पोखरा र चितवनमा एक/एक जना गरी दुई जनामा कोरोना संक्रमण भेएिको छ । २७ दिन अघि दुबईबाट फर्किएकी पोखराकी ५५ वर्षिया महिलामा कोरोना पोजेटिभ भेटिएको हो ।
चितवनको पूर्वी रत्ननगर नगरपालिकास्थित गुञ्जमान सिंह अस्पतालमा गरिएको र्यापिड टेस्टबाट एक जना पुरुषलाई कोरोना पोजेटिभ देखिएको छ। र्यापिड टेस्टबाट पोजेटिभ देखापछि ती पुरुषलाई अस्पतालको आइसोलेसनमा राखिएको छ। कोरोना देखिएका ती पुरुष फागुन ३० गते दक्षिण कोरियाबाट आएको खुलेको छ।
पोजेटिभ देखाएपछि थप परीक्षणका लागि थ्रोट स्वाब भरतपुरको कोभिड-१९ परीक्षण प्रयोगशाला पठाइएको छ भने पोखराकाे लागि थप परिक्षण गर्न उनकाे स्वाब पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।