काठमाडौं । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले वीरगन्जको नेसनल मेडिकल कलेजलाई कारबाही गर्न सिफारिस गरेको बताए ।
कोरोनाबाट मृत्यु भएका व्यक्तिको रिपोर्ट नआई परिवारलाई शव बुझाएकाले अस्पताललाई कारबाही गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको उनले जानकारी दिए ।
उनले भने, ‘छलफलपछि अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयमार्फत स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको छ ।’