काठमाडाैं । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकलाई सरोकारवालाले विद्यालय खोल्न हतार नगर्न सुझाव दिएका छन् ।
उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिहीबार आयोजिना गरेको छलफलमा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान), निजी तथा आवासीय विद्यालय अर्गनाइजेश नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (एनप्याब्सन) र नेपाल शिक्षक महासंघसँगका प्रतिनिधिले यस्तो सुझाव दिएका हुन् ।
उनीहरुले सरकारलाई वैकल्पिक उपाय अपनाइ पढाइ निरन्तर गर्न नहुने बताएका हुन् ।
विश्वभर कोभिड- १९ ले महामारी मच्चाइरहेकाले नेपालमा पनि त्यसकाे प्रत्यक्ष शिक्षा क्षेत्रमा परेको छ । जसका कारण वैशाखदेखि सुरु हुनुपर्ने विद्यालय जेठ अन्तिम हुनै लाग्दासम्म पनि बन्द छन् ।
यसको प्रत्यक्ष असर आम विद्यार्थी परेका छन् ।
अझ यसको मारमा एसईई दिने विद्यार्थी परेका छन् । अहिलेसम्म एसईई हुने वा नहुने भन्ने विषय टुंगो लाग्न नसक्दा करिब चार लाख विद्यार्थी अन्याेलमा छन् ।
तर, छलफलमा सहभागीहरूले बेला विद्यार्थीलाई शैक्षिक गतिविधिमा व्यस्त राख्नुपर्ने बताएका छन् ।
साथै, छलफलमा विद्यालय खोल्न सकिने वातावरण नभएकाले विकल्प दूर शिक्षा नै उतम विकल्प भएको बताए । र यसैलाई प्राथमिकतामा राखेर काम गराउन पनि छलफलमा सहभागी भएकाहरुले सरकारलाई सुझाव दिएका छन् ।
शिक्षा मन्त्रालयले असारदेखि दूरशिक्षा सञ्चालन गर्न ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्नेसम्बन्धी निर्देशिका’ जारी गरिसकेको छ ।
निर्देशिकामा सबै किसिमका प्रविधिको पहुँचबाहिर रहेकालाई कसरी समेट्ने भन्ने विषय समेटिएको छ ।