मंसिर ०७, २०८१, शुक्रबार
               

लकडाउन खुकुलो पार्न सरकारको यस्तो छ तयारी

नेपाल फ्ल्यास
जेठ २३, २०७७

ADVERTISEMENT

काठमाडाैं । सरकारले जेठ २५देखि क्रमशः लकडाउन खुकुलो पार्ने तयारी गरेको छ । 

एक सयभन्दा कम कोरोना संक्रमित भएका जिल्लाको सक्रिय केसलाई आधार मानी सरकारले यस्तो तयारी गरिरहेको बताइएको छ । 

सरकारले लकडाउन खुकुलो पार्ने नीतिअनुरुप व्यवसायलाई पाँच भागमा विभाजन गरी क्रमशः भदौसम्म खुलाउने तयारी गरेको छ । 

लकडाउन भएको दुई महिना नघिसकेकाले व्यसायीले लकडाउन खुकुलो पार्न दबाब दिएपछि सरकारले लकडाउन खुकुलो पार्ने विषयमा छलफल अघि बढाएको छ । 

यसैअनुरुप उपप्रधानमन्त्री ईश्वर पोखरेलले लकडाउन खुकुलो पार्ने विषयमा केही मन्त्रीसँग छलफल गरेका छन् ।  

लकडाउनबारे प्रधानमन्त्रीले पनि विज्ञहरुसँग छलफल गरेका छन् । सो छलफलमा विज्ञले लकडाउनको शैली प्रधानमन्त्रीलाई सुझव दिएका छन् । 

सो सुझावअनुसार मन्त्रिपरिषद्ले शनिवारसम्म लकडाउनबारे प्रस्ताव तयार गर्न उच्च स्तरीय समितिलाई जिम्मा दिएको छ ।

पछिल्लो समय सरकारले जेठ २५ गतेदेखि व्यक्ति व्यक्तिबीच कम्तिमा १ मिटरको भौतिक दूरी राख्ने र आवश्यक प्रोटोकल पालना गर्ने गरी उपभोग्य वस्तु बाहेकका अन्य पसल पनि खोल्न दिने नीति लिइने बुझिएको छ । 

जसका लागि आइतबार बस्ने मन्त्रिपरिषद बैठकले सो निणर्य गर्ने सम्भावना बढेको छ । 

हाल दैनिक उपभोग्य सामाग्रीबाहेक कपाल काट्ने सैलुन, हाल बन्द भएका अस्पताल, प्रयोगशाला र निजी क्लिनिक पनि सञ्चालनमा आउने सम्भावना छ । 

एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने गरी सवारी साधन आवतजावतको व्यवस्था मिलाउने गरी प्रस्ताव गरिएको छ । 

त्यसैगरी, आन्तरिक उडान पनि केही खुकुलो पार्ने तयारी भइरहेको बुझिएको छ । तर, यसका लागि आन्तरिक उडान भर्दा आधा मात्र यात्रु राखि उडान गर्नुपर्ने प्रावधानको व्यवस्था गर्ने तयारी भइरहेको छ । 


कस्तो लाग्यो ?

यो पनि