स्वतन्त्र युवाहरुको समूहले काठमाडौंको माइतीघरमा शान्तिपूर्ण धर्ना दिएका छन् । उनीहरु प्ले कार्ड बोकेर विभिन्न मागसहित सडकमा शान्तिपूर्ण धर्नामा छन् ।
सरकारले प्रतिनिधिसभाबाट संविधान संशोधन विधेयक पारित गर्न लागेको दिनमा विरोध नगर्न आग्रह गरेकाले पनि युवाहरुले नयाँ नक्सा जारी गर्ने सरकारी कदमको स्वागत गर्दै कोरोनाभाइरस न्यूनीकरणका लागि पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने प्रमुख माग अघि सारेका छन् ।
यसैबीच, सरकारले सार्वजनिक गरेको १० अर्बको खर्च विवरणसहित हिसाब देखाउन तथा एमसिसी पास नगर्न अनुरोध सहित नक्साबारे विवादमा तानिएकी सरिता गिरीलाई कारबाहीको माग राखेर उनीहरु आन्दोलनमा उत्रिएका हुन्
प्रदर्शनमा ७ जना विदेशी समेत सहभागी भएपछि आन्दोलन विदेशी चलखेलमा भएको हुनसक्ने सरकारको आरोप छ । उनीहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । विदेशी नागरिक नेपालको आन्तरिक विषयमा हुने कुनै पनि आन्दोलन तथा प्रदर्शनमा सहभागी हुन नपाउने नेपालको संविधानमा उल्लेख छ ।