मंसिर ०६, २०८१, बिहीबार
               

पासको दुरूपयोग गरी यात्रु ओसारपसार गर्ने दुईजना पक्राउ

नेपाल फ्ल्यास
असार ०९, २०७७

ADVERTISEMENT

काठमाडौं ।पासको दुरूपयोग गरी यात्रु ओसारपसार गर्ने दुई पक्राउ परेका छन् । 

सवारी पास दुरूपयोग गरी यात्रु ओसारपसार गर्ने दुई जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

 महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले पास दुरूपयोग गर्ने दुई चालकलाई पक्राउ गरेको जनाइएको छ। 

अहिले उनीहरुलाई कारवाही अघि बढाइएको बताइएको छ ।  

यसरी पक्राउ पर्नेमा नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको ना५ख २२८५ नम्बरको बसका चालक बाँके कोहलपुर नगरपालिका–२ का ३७ वर्षीय सूर्यकिरण कर्माचार्य र कैलालीबाट काठमाडौँ आउँदै गरेको ना६ख १३४० नम्बरको बसका चालक कैलाली गोदावरी–१ का ३१ वर्षीय लोकबहादुर खत्री रहेको जनाइएको छ ।

कर्माचार्यले भारतबाट आएका नेपालीलाई विभिन्न जिल्लामा पुर्‍याउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय बाँकेबाट जारी भएको पास बोकी रुपेडिया नाकाबाट तीन जना यात्रु तथा नेपालगञ्जबाट चार जना यात्रु ल्याएको फेला परेको छ ।

उनले उनीहरुबाट रु २१ हजार असुलेको पाइएको छ ।

त्यसैगरी, खत्रीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय काठमाडौँबाट कृषि तथा पशुपक्षीजन्य कार्य गर्न जारी भएको पास बोकी कैलालीबाट १२ जना यात्रु ल्याएको पाइएको छ । उनले रु १८ हजार भाडा लिएको पाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि