कैलाली । कैलाली जिल्लामा दुई युवतीको शव भेटिएको छ ।
मृत्यु भएका युवती चुरे गाउँपालिका घर भई धनगढी ७ मा बस्ने १९ वर्षीया गोमा विक र २३ वर्षीया करिश्मा राउत रहेको प्रहरीले जनाएको छ ।
तर, उनीहरुको मृत्युको कारण भने खुल्न नसकेको बताइएको छ ।
मृतक युवतीहरुले भोमिटिङ पनि गरेका प्रहरीले जानकारी दियो ।
यसका अलवा सो जंगलमा जंगलमा विषादी पनि फेला परेको बताइएको छ ।
प्रहरीले घटनाबारे अध्ययन गरिरहेको जानकारी दिएको छ ।
मृत्यु हुने दुई आपसमा अति मिल्ने साथी पनि भएको खुलेको छ ।